TSK

TSK · लेवीहरू 2:11

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन । खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस् ।

खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् ।

हारून र उसका छोराहरूले त्यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्यो भेट हुने पालको चोकमा खाऊन् ।

मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”

तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।

तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ?

यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ ।