TSK

TSK · लेवीहरू 21:15

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । [१]

नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”

किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् ।”

यसरी मैले तिनीहरूलाई हरेक विदेशीबाट शुद्ध पारेँ, अनि पुजारीहरूसाथै लेवीहरूलाई तिनीहरूको आ-आफ्नै कर्तव्यमा स्थापित गराएँ ।

के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ ।

किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।