TSK

TSK · लेवीहरू 23:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।

परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।

आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।

तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ ।

अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् ।

त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।

ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।