साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्टाहरू, भित्री भागहरू र त्यसको गोबर,
TSK
TSK · लेवीहरू 4:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
पुजारीका सबै अन्नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”
त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्चित्त-आसनमाथि र त्यसपछि प्रायश्चित्त-आसनको सामु छर्कोस् ।
पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
किनभने परमेश्वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्ट येशू हुनुहुन्छ ।