परमेश्वरले जवाफ दिनुभयो, “निश्चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।”
TSK
TSK · लुका 2:12
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
प्रस्थान 3:12
TSK
१ शमूएल 10:2
TSK
जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्छ ।'
२ राजाहरू 20:8
TSK
हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्ने कुराको चिन्ह के हुनेछ?”
यशैया 7:11
TSK
“परमप्रभु आफ्ना परमश्वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्चाइमा पनि यो माग् ।”
यशैया 53:1
TSK
¶ हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?