यहोशू 6:19
TSK
सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए ।
परमेश्वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।
ती मुख्य पुजारीहरूले चाँदीका सिक्काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।”
त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।