TSK

TSK · लुका 21:12

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।

त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।

आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।

मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”

उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।

तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।

तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।

तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”

त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।

भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।

¶ अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।

अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्‍नुहुनेछ ।”

जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।

प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ ।