तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्चर्यकर्महरू कहाँबाट पाउँछन्?
TSK
TSK · लुका 4:16
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मत्ती 13:54
TSK
लुका 1:26
TSK
एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।
लुका 2:42
TSK
जब उहाँ बाह्र वर्षको हुनुहुन्थ्यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
लुका 4:15
TSK
उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
यूहन्ना 18:20
TSK
येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्तमा भनेको छैन ।
प्रेरित 17:2
TSK
पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे ।