‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
TSK
TSK · लुका 8:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।”
यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ ।
येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु ।”
म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ ।
आफैँलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर ।
अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं ।