परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।
TSK
TSK · मलाकी 3:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।
सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीमा गए र त्यसमा एक हजार होमबलि चढाए ।
परमप्रभुले दाऊद र सोलोमन र आफ्ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्ना घर पठाइदिए ।
तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्ना होमबलि ल्याए ।
हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा असल, ठिक र विश्वासयोग्य काम गरे ।
म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्वासयोग्य नगर भनिनेछौ ।”
“जा र यरूशलेमले सुन्ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्नेछन्, 'उहाँ बस्नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'
तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।
तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् ।