TSK

TSK · मर्कूस 14:36

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”

“हेर्, म परमप्रभु सबै मानव-जातिका परमेश्‍वर हुँ । के कुनै कुरा मैले गर्नै नसक्‍ने कठिन छ र?

उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”

तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।

किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।

येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र?”

तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।

हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।

उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो ।