¶ परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।”
TSK
TSK · मर्कूस 14:62
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमासाथ आउँदै गरेको देख्नेछन् ।
अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्नुहुन्छ?”
पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।”
तर अहिलेबाट, मानिसका पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।”
येशूले यी कुराहरू भनिसक्नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।
उहाँ नै परमेश्वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु । म मेरो व्यवस्था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।