येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
TSK
TSK · मर्कूस 4:11
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
येशूले उत्तर दिनुभयो र उनलाई भन्नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्टिमा असल थियो ।”
किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?
परमेश्वरले आफ्नो इच्छा अनुसार ख्रीष्टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।
तिनी बाहिरको मानिसहरूको दृष्टिकोणमा पनि प्रतिष्ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्टको पासोमा नपरून् ।
मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।