TSK

TSK · मर्कूस 7:22

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।

शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”

तापनि देशमा देखिएको आश्‍चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्‍नहरू सोध्‍नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्‍बन्‍धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्‍वरले तिनलाई छोड्नुभयो ।

विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् ।

मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।

बुद्धि र वास्तविकताको विषयमा सिक्‍न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।

तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!

हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।

त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।