तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्टबाट बचाउनुहुने तिमीहरूका परमेश्वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”
TSK
TSK · मर्कूस 8:31
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मानिसहरूद्वारा उसलाई घृणा र तिरस्कार गरियो । दुखको मानिस र कष्टसँग परिचित । त्यस्तो जसबाट मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्छ ठान्यौं ।
यति बेला योनालाई निल्नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे ।
त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातबाट धेरै कुरा भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्है जना चेलालाई अलग्गै राख्नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो,
किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?”, तिनैलाई परमेश्वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्वरले तिनलाई पठाउनुभयो ।
उहाँ गाडिनुभयो अनि धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।