त्यसैले मोशा आफ्ना सहयोगी यहोशूसँगै परमेश्वरको पर्वतमा उक्लेर गए ।
TSK
TSK · मर्कूस 9:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।”
तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्नेछन् ।
जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
येशूले जवाफ दिनुभयो र भन्नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् ।
उहाँले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।
उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो ।
अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैँ ठान्नुभएन ।
किनकि हामीले येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।