TSK

TSK · मर्कूस 9:27

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'

येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”

येशूले त्यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”

त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए । तिनले विश्‍वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे ।