TSK

TSK · मत्ती 8:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

“यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ ।

जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।”

येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।

¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।

अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।

त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।

येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।

यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”

येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”

यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।

आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्‍यक्‍ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।

यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।