TSK

TSK · गन्ती 18:6

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् ।

मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।

“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

“हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु । मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु । लेवीहरू मेरा हुन् ।

“इस्राएलका मानिसहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूलाई ले र मानिसहरूका गाईवस्तुहरूका सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई ले ।

म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।

किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,