परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”
TSK
TSK · गन्ती 20:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”
परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।
परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा ।
अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए ।
हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।”
जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो ।
किनकि उहाँले बोल्नुभयो र त्यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।
अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैन ।
उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
“परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए ।
¶ त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।