पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर् ।
TSK
TSK · गन्ती 23:7
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।
“हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।”
बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।
बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी ।
बालामले तिनको अन्तिम अगमवाणी भने, “धिक्कार! परमेश्वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्छ?
त्यो पलिश्तीले फेरि भन्यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्वरको फौजलाई चुनौती दिएको छ ।”
त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्यो ।
¶ अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन ।
तब मैले भने, “धिक्कार! हे परमप्रभु परमेश्वर, तिनीहरूले मलाई यसो भन्दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?”
के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’
योचाहिँ अगमवक्ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्नुभयो, “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”