तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्वर-निन्दा गर्छ । त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।
TSK
TSK · गन्ती 25:6
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।
इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।
जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्चाए र रोए ।
¶ जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
तब एज्रा परमप्रभुको मन्दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्वासत्यागको लागि शोक गर्दै थिए ।
त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।
तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्जित भए? तिनीहरू लज्जित भएनन् । कसरी शर्म मान्ने भन्ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्नुहुन्छ ।
ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्यहाँ जाने र बस्ने पक्का गरिसकेका छौ भने,
तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्नेछैनौं ।
पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्ना मानिसहरू बाँकी राख्नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्नू, ‘तिनीहरूका परमेश्वर कहाँ छ?’”
तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।