तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू ।
TSK
TSK · गन्ती 28:6
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
“हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।
हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न, त्यसलाई उहाँको निम्ति अलग गर्न, उहाँको सामु सुगन्धित मसलाका धूप बाल्न, उपस्थितिको रोटी राख्न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्ति सदासर्वदाको लागि हो ।
लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।
त्योसँगै तिमीहरूले हरेक बिहान अन्नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।