TSK

TSK · हितोपदेश 10:15

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,

“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”

धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।

गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,

परमप्रभु यसो भन्‍नुहुन्छ, “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ ।

चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ!”

यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ ।