यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।
TSK
TSK · हितोपदेश 14:31
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभु भन्नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्छा तिनीहरू गर्छन् ।”
गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ ।
गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।
अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।