परमेश्वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्यो ।
TSK
TSK · हितोपदेश 15:1
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्ने धेरै जना सेवकहरू छन् ।
इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्छ ठान्यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।
राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे ।
उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन् ।”
घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्डीलाई गलाउन सक्छ ।
खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्हरूले क्रोधलाई पाखा लगाउँछ ।
यति भनेपछि उनले सभालाई विसर्जन गरे ।