इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।”
TSK
TSK · हितोपदेश 15:12
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
“हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ?
¶ बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।
कठोर अनुशासनले आफ्नो बाटो त्याग्नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।
त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् ।