TSK

TSK · हितोपदेश 16:33

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।

तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् ।

तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।

त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।

चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।

तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौं, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्‍ने कुरा हामीले जान्‍नेछौं ।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्‍यो ।