आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
TSK
TSK · हितोपदेश 18:19
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्त्र बनाइदिए ।
तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।
अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।
झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्न गर्ने मानिस ।
तब त्यहाँ कडा असहमति उत्पन्न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।