TSK

TSK · हितोपदेश 19:28

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार ।

घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।

अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,

त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”

बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।

मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ ।

त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्‍तमा मनाई यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ ।”