TSK

TSK · हितोपदेश 20:22

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।

सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”

परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ ।

जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।

यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”

परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।

खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।

उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।

त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् ।