किनभने जब मैले दुष्टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।
TSK
TSK · हितोपदेश 23:17
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् ।
¶ खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।
हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्नेहरूको सङ्गत नगर् ।
तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्ट पार्न परमेश्वरलाई किन चिढ्याउने?
हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्वरको भय मान्नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
¶ प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔँ ।