TSK

TSK · हितोपदेश 23:34

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ!

जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।

तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए ।

यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्‍न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न ।

किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए,

तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।