आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
TSK
TSK · हितोपदेश 24:28
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।
परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।”
अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।
विश्वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्ट हुने छ ।
आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ ।
तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”