तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करार र विश्वसनियता उहाँले पुरा गर्नुहुने छ ।
TSK
TSK · हितोपदेश 28:10
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसले खाडल खन्छ र त्यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।
तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
इच्छा गरिएको खजाना र तेल बुद्धिमान्को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
निष्ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।
तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्टको प्रेरितको भेस धारण गर्छन् ।
ख्रीष्ट येशूमा हामीसँग भएको स्वतन्त्रताको जासुसी गर्न गुप्त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे ।
तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्न खोज्नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।