TSK

TSK · हितोपदेश 3:5

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।

परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर ।

परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।

ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।

तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।

आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।

तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।

हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।

एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।

¶ मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ ।