TSK

TSK · हितोपदेश 30:27

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।

पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो ।

बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन् ।

शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।

“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।