अय्यूब 38:4
TSK
मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्छु ।'
उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन ।
उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्किने स्थायी, निरन्तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्यसले अझै भत्काउनेछैन । यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।