TSK

TSK · भजनसंग्रह 34:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

एउटै घरमा यसलाई खाइनुपर्छ । तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू र यसको कुनै पनि हड्‍डी नभाँच्नू ।

जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।

इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”

तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।

धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।

त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।

किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।

तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’

जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,

यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।

तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो,