TSK

TSK · भजनसंग्रह 44:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र?

किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।

किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।

के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।

यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।