TSK

TSK · रूथ 4:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ ।

राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्‍नु हुने म परमेश्‍वरको स्थानमा छु र?

एसावले हेर्दा तिनले स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्‍वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।”

परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।

भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन् ।

हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।