TSK

TSK · २ इतिहास 21:16

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'

त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।

परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।

¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।

तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।

म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु ।

सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?