TSK

TSK · दानिएल 5:23

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।

पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”

दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने?”

के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र?

तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।

स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।

तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।

मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?

परमप्रभु भन्‍नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्‍च पारिनेछु; म अब उचालिनेछु ।

तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।

मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्‍नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्‍यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्‍यसको सामु घोप्टो पर्छन् र त्‍यसको पुजा गर्छन् ।

बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”

“ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्‍नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।

तेरो सुन्‍दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्‍नो बुद्धिलाई भ्रष्‍ट पारिस्‌ । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्‍नेछन् ।

अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।

त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।

हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ ।

न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।

यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।

तिनी नयाँ विश्‍वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् ।

त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।