TSK

TSK · प्रस्थान 18:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु ।

मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।

यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ ।

त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् ।

र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।

उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।

¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।

त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?”

म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।

यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्‌ । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”

मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र?

खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ ।

त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्‍नेछैनन् ।

देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ ।

करारको विश्‍वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्‍वस्‍ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्‍यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्‍यवहार गर्नुहुँदा उहाँले इन्‍साफ गर्नुहुनेछ ।

कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।

¶ “यरूशलेमका सडकहरूबाट छिटो जा । त्यसका चोकहरूमा पनि खोजी गर् । त्यसपछि हेरे अनि यस कुरा बारेमा विचार गर्: न्यायपूर्वक काम गर्ने र इमानदारीपूर्वक काम गर्न खोज्ने कुनै मानिस तैंले फेला पारिस् भने, म यरूशलेमलाई क्षमा दिनेछु ।

तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर ।

लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,

मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।

अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।