TSK

TSK · प्रस्थान 21:14

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने,

परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।

तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने

'आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।

यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे ।

तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”

कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।

यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।