याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्ट हुनेछौँ ।
TSK
TSK · प्रस्थान 5:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
जब अम्मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्ने थाहा पाए, अम्मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
¶ जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ ।
किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ ।