त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
TSK
TSK · उत्पत्ति 21:33
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्नो पाल त्यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।
तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।
परमप्रभुको नजरमा जे कुरा दुष्ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न । उहाँको समझको कुनै सिमा छैन ।
तर परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।
अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन ।