परमेश्वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्नी ल्याए ।
TSK
TSK · उत्पत्ति 39:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
¶ मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्टिले हेर्न सक्छु र?
बुद्धि र विवेकले तँलाई व्यभिचारी स्त्री, र अनैतिक स्त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
हरेक चोकमा आफ्नो निम्ति एउटा अल्गो देवता-थान बनाइस् र तैंले आफ्नो सुन्दताको अपमान गरिस्, अनि त्यहाँबाट जाने सबैलाई आफ्ना खुट्टाहरू फैलाइस् र तैंले आफ्नो वेश्यावृत्तिका कामहरू बढाइस् ।
यसैले तँ र अरू स्त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्याला दिंदैन ।
अश्शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।