तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस् । हामी फारोका कमारा हुनेछौँ ।”
TSK
TSK · उत्पत्ति 45:5
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्नुहुन्छ ।
तिनीहरू बिहान सबेरै उठे र परमप्रभुको आराधना गरे, अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के । आफ्नो पत्नी हन्नाहसँग एल्कनाले सहवास गरे र परमप्रभुले उनलाई याद गर्नुभयो ।
तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्नुभएको हुनाले त्यसले मलाई सराप्दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्दै छौ?' भनेर कसले भन्न सक्छ' ।”
यस बेला तिमी चुप लाग्यौ भने, यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर तिमी र तिम्रो पिताको परिवार नष्ट हुनेछ । यस्तै समयको लागि नै तिमी यो राजकीय पदमा पुगेकी हुन सक्छ्यौ भनी कसलाई थाहा छ?”
उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्द गर्नुभयो ।
¶ तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो ।
यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।