अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
TSK
TSK · यर्मिया 34:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।
अङ्गरक्षकहरूका कमान्डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्छ भनी तिमीहरू जान्दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्यो ।
म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्ति म उसको न्याय गर्नेछु ।